दफा १०
व्यावसायिक कारोबार तथा खाता सम्बन्धी व्यवस्था
कानूनी व्यक्ति वा कानूनी प्रबन्धले व्यावसायिक कारोबारसँग सम्बन्धित रकम: त्यस्तो कानूनी व्यक्ति वा कानूनी प्रबन्धको खाता बाहेक अन्य कसैको व्यक्तिगत खातामा भुक्तानी दिने वा लिने गरेको पाइएमा वा. प्रचलित कानून बमोजिम बाहेक व्यक्तिगत बचत खातालाई व्यावसायिक कारोबारको माध्यम बनाइएको पाइएमा सम्बन्धित वित्तीय संस्थाले सोको जानकारी वित्तीय जानकारी इकाई र आन्तरिक राजस्व विभागलाई दिनु पर्नेछ।